‘अनुपम’ लिएर अाए दाहाल


 


anupamभोजपुर, साउन ३२

गीतकार पविन दाहालको अाधुनिक गीति एल्बम ‘अनुपम’ साेमबार विमाेचन भएको छ । सङ्खुवासभा मादी मूलखर्क घर भई हाल बैदेशिक रोजगारको सिलसिलामा साउदी अरब रहेका गीतकार दाहालको रेडियो कान्तिपुरबाट विमाोचन गरिएको हाे । एल्बमको रेडियो कान्तिपुरको ‘म्युजिक लाउन्ज’ कार्यक्रमबाट प्रमुख अतिथि वरिष्ठ गीतकार तथा प्रा. डा. कृष्णहरि बरालले विमोचान गरेका हुन् ।

यो एल्वममा मनोज साङ्सोनको एकल सङ्गीत रहेको छ भने प्रसिद्ध गायक गायिकाहरू सुरेशकुमार, सत्यराज आचार्य, प्रमोद खरेल, मिलन अमात्य, सबिना कार्की र मेलिना राईको स्वर रहेको छ । कार्यक्रममा प्रा. डा. बरालले उपयुक्त बिम्ब प्रतीक चयन गर्न सक्ने सक्षम गीतकारको रूपमा गीतकार दाहाललाई पाएको बताए ।

एल्वममा सङ्गीत भरेका मनोज साङ्साेनलाई प्रशंसा गर्दे बरालले भने मनोज गीतको भाव अनुसार साहित्यिक बुझाइ राम्रो भएको सङ्गीतकार हो, उसले भविष्यमा राम्रो गर्न सक्छ, जुन गुण अहिले नै मैले देखे‌ं । ‘अनुपम’ एल्वमलाई भाईब्स कृयसनले अडियो बितरण गरेको हो ।

anupam 1 anupam 2

प्रकाशित मिति: ३२ श्रावण २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्