दिक्तेल र पञ्चमीबजारबीच सिधा यातायात चल्न थाल्यो, कति छ भाडादर ?



खोटाङ, माघ ४
सदरमुकाम दिक्तेलबाट दिप्रुङ गाउँपालिकाको टेम्मा हुँदै पञ्चमी बजारसम्म सिधा यातायात सञ्चालन गरिएको छ ।

दिक्तेलको अस्पताल चौकदेखि पञ्चमी बजारसम्मको करिब ५० किलोमिटर सडकमा यातायात भएपछि स्थानीयवासी हर्षित भएका छन् ।

गाउँपालिकाले दिक्तेल–पञ्चमीबजार सिधा यातायात सञ्चालनमा ल्याएसँगै ६५ वर्षमाथिका यात्रुलाई नागरिकताको आधारमा निःशुल्क यातायात सेवा लिन पाउने व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

दिक्तेल–पञ्चमीबजार बसको भाडादर ५०० कायम गरिएको यातायात व्यवसायी संघ खोटाङका महासचिव रामकुमार हिङमाङले जानकारी दिनुभयो ।

दिक्तेल–पञ्चमी सिधा यातायात सञ्चालन भएपछि दक्षिणी क्षेत्रका सर्वसाधारणलाई सदरमुकाम दिक्तेल आवतजावत गर्न सहज भएको छ ।

निर्माण कार्य सकिएको लामो समयसम्म सवारी साधन नचल्दा सो क्षेत्रका स्थानीयवासी दुई दिनको पैदल यात्रापछि सदरमुकाम दिक्तेल आइपुग्ने गरेका थिए ।

दिक्तेल–पञ्चमीबजार सडक बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (र्याप)ले ११ वर्ष लगाएर २०६९ साल असारमा निर्माण सम्पन्न गरेको थियो ।

वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरिएको उक्त कच्ची सडक छ महिना सञ्चलानमा आउने र ६ महिना बन्द हुने गथ्र्यो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News