हवाई आक्रमणमा ४० मारिए


 


yamanएएफपी, अादेन भदाै ८

२०७२- यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले गरेको हवाई तथा स्थलगत कारबाहीमा परी कम्तीमा पनि ४० जना मारिएका छन् । गएको २४ घन्टायता जारी रहेको सो कारबाहीका क्रममा ती व्यक्ति मारिएका हुन् ।

यमनको बाइदा प्रान्तमा सो कारबाही भएको थियो । साउदी नेतृत्वको सेनाले गरेको सो कारबाहीका साथमा स्थलगत कारबाही पनि गरिएको थियो । उक्त कारबाही मंगलबार बिहानसम्म नै जारी रहेको बताइएको थियो ।

उक्त कारबाहीका क्रममा १९ जना यमनको सरकार समर्थित व्यक्तिका साथै १५ जना विद्रोही मारिएका हुन् । साथै मारिनेमा सर्वसाधारण पनि रहेका छन् । सर्वसाधरण छ जना मारिएका छन् ।

पछिल्लो समयमा यमनमा आइएसले पनि आक्रमण गर्ने गरेको छ भने उसका विरुद्ध पनि सरकारी सेनाले कारबाही गर्ने गरेको छ

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्