दयाहाङ फेरी उत्कृष्ट


 


dayahang kabababdiकाठमाडौै, भदाै ८

२०७२- चलचित्र समीक्षक समाज (फिक्सन) ले दोस्रो फिल्म क्रिटिक्स अवार्ड मंगलबार घोषणा गरेको छ । अवार्डमा उत्कृष्ट फिल्म ‘कबड्डी’ ठहरिएको छ ।

फिल्म ‘कबड्डी’बाटै दयाहाङ राई उत्कृष्ट अभिनेता र ‘सुन्तली’बाट प्रियंका कार्की उत्कृष्ट अभिनेत्री घोषित भएका छन् । उत्कृष्ट निर्देशकको अवार्ड ‘टलकजंग भर्सेस टुल्के’का लागि निश्चल बस्नेतले पाएका छन् भने पटकथामा ‘कबड्डी’का लागि रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरेका छन् ।

यस्तै, सम्पादनमा ‘ताण्डव’बाट बनिस शाह र मिलन श्रेष्ठ अब्बल ठहरिएका छन् भने छायाँङ्कनमा ‘सुन्तली’का अन्ड्रा बेलिसिया उत्कृष्ट भए । यस वर्षदेखि थपिएको नयाँ विधा उत्कृष्ट पाश्र्व संगीतमा ‘टलकजंग भर्सेस टुल्के’ले बाजी मार्‍यो । यो फिल्मबाट जेसन कुँवरले अवार्ड पाए ।

समीक्षक समाजका सदस्यको मतदानका आधारमा अवार्डको निर्णय गरिएको हो । फिक्सनका सदस्यहरुको जुरीको संयोजकत्व अनुप सुवेदीले गरेका थिए । फिक्सनले केही दिनमा नै कार्यक्रम गरी अवार्ड हस्तान्तरण गर्ने जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्