फुटबल खेलिरहेका व्यक्तिलाई आक्रमण गर्ने पक्राउ



चितवन, माघ १५

फुटबल खेलिरहेका बेला भरतपुरका सञ्जय कार्कीलाई आक्रमण गरी फरार भएका दुई जना व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ । प्रहरीे चितवनका भरतपुरका अमृत गुरुङ र सिजे लामालाई आक्रमण गरेको आरोपमा पक्राउ गरेको हो ।

उनीहरुलाई काठमाडौँको नीलबारहीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुमाथि सार्वजनिक अपराध ऐनअन्तर्गत म्याद थप गरी चितवनमा अनुसन्धान अघि बढाइएको छ ।

प्रकाशित मिति: १५ माघ २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्