भोजपुरको चौकिडाँडामा अस्पताल बन्ने



भोजपुर, माघ १७
नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको प्रत्यक्ष सहयोग र चौकीडाँडा समाज काठमाडौंको संयोजनमा साल्पासिलिछो गाउँपालिकाको केन्द्र चौकिडाँडामा चौकिडाँडा प्राथमिक अस्पताल बन्ने भएको छ ।

नेपाल सरकारले स्वास्थ्य सेवा सर्बसुलभ बनाउँने र यसलाई सामान्य नागरिकको पहुँचमा पुर्याउने उद्धेश्यले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा चौकीडाँडा समाज काठमाडौंको पहल र तत्कालीन स्वास्थ्यमंत्री गगन थापाको विशेष अग्रसरतामा यो अस्पताल स्थापना गर्न लागिएको हो ।

भोजपुरकै दुर्गम गाउँपालिका मध्येको एक साल्पासिलिछो गाउँपालिकामा सर्बसुलभ स्वास्थ्य सेवाबाट स्थानीयवासी बञ्चित रहेको भन्दै बृहत् स्वास्थ्य सेवा उपलब्ध गराईने उद्धेश्य स्वरुप यो अस्पताल स्थापना गर्न लागिएको समाजका अध्यक्ष केशब अधिकारी बताउँछन्।

ल्याब सुबिधा सहितको यो अस्पताल संचालन पछि सामान्य किसिमका बिरामीहरु दिंला, तुम्लिङटार, हुँदै जिल्ला सदरमुकाम धाउनु पर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।

अस्पताल निर्माण गर्न दाताहरुले निःशुल्क जग्गा प्रदान गरिसकेका छन् । अस्पताल निर्माणमा गाउँपालिका, स्थानीय समाजसेवी, बुद्धिजीवी, अगुवा सबैको अग्रसरता र सक्रियताको खाँचो रहेको भन्दै अधिकारी यसमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News