भोजपुरमा भरुवा बन्दुकसहित एक पक्राउ



भोजपुर, २० माघ
जिल्ला प्रहरी कार्यालय भोजपुरले भरुवा बन्दुकसहित एकजनालाई पक्राउ गरेको छ ।

भोजपुरको उत्तरी षडानन्द नगरपालिका–९, किमालुङबाट ६३ वर्षीय जगधन राईलाई प्रहरीले भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

राईको घरमा बन्दुक रहेको भन्ने सूचनाको आधारमा खोजी गर्दा लोड गरी राखेको एक थान भरुवा बन्दुक फेला परेको प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

राईलाई म्याद थप गरी कानुनी प्रक्रिया अगाडि बढाइएको डिएसपी थारुले बताए ।

प्रकाशित मिति: २० माघ २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्