दाउरा काट्दै गर्दा भीडबाट खसेर मृत्यु

रुकुम, २१ माघ
रुकुम पश्चिमको बाफीकोट गाउँपालिका–२ पीपलका ४५ वर्षीय कालीबहादुर खत्रीको गए राति भीडबाट लडेर मृत्यु भएको आफन्तले जानकारी दिएका छन् ।
आफ्नो घरभन्दा माथि कालाखर्क भन्ने ठाउँमा दाउरा ल्याउन गएका खत्रीको भीडबाट लडेर मृत्यु भएको हो । बाटोभन्दा करिब सय मिटर तल खसेको र उहाँको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमले बताएको छ ।
प्रकाशित मिति: २१ माघ २०७४, आइतबार
















