बझाङ प्रहरीको सक्रियता, ठूलो संख्यामा फरार प्रतिबादी पक्राउ



बझाङ, माघ २३
बझाङमा प्रहरीले १ महिनामा ६९ जना फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले फरार प्रतिवादी पकाउ गर्ने अभियान चलाएपछि धेरै संख्यामा फरार प्रतिबादी पक्राउ परेका हुन् ।

अभियानकै क्रममा जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख माधव विश्वकर्माका अनुसार सम्मानित जिल्ला अदालत बझाङको आदेस अनुसार फैसला कार्यान्वय गर्न प्रहरीले अभियान चलाएको हो ।

जिल्ला प्रहरी कार्यालय बझाङले अन्य फरार प्रतिवादीहरुको पनि तदारुक्ताका साथ खोजि कार्य भैरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News