२० लडाकू र नौ सैनिक मारिए


 


एजेन्सी मोगादिसु, भदौ १०

सोमालियाका अधिकारीहरुले विद्रोही समूह अल सबाबका कम्तीमा पनि २० लडाकू मारिएको जनाएका छन् । बुधबार भएको भीडन्तमा ती लडाकू मारिएका समाचारमा उल्लेख छ ।

दक्षिणी सोमालियाको गेदो क्षेत्रमा सोमाली सैनिक र अल सबाबका लडाकूबीच भिडन्त भएको थियो।  गेदो क्षेत्रको बुर्गादद गाउँमा अल सबाबको आश्रयस्थल रहेको बताइएको थियो। सो आश्रयस्थलमा सोमली सैनिकले आक्रमण गरेपछि भिडन्त भएको हो।

एकजना सैनिक अधिकारीले भने– कारबाहीका क्रममा कम्तीमा पनि २० जना सैनिक मारिएका छन् र थप ३० जना घाइते भएका छन्। मारिनेमा कम्तीमा पनि नौ जना सैनिक र अरु दुई जना वरिष्ठ सरकारी अधिकारी पनि परेका ती सैनिक अधिकारीले जानकारी दिएका छन्।

सोमाली सैनिकले पछिल्लो समयमा लब सेबाबका विरुद्धको कारबाहीलाई व्यापक बनाएको बताइएको छ । उक्त गाउँमा बाँकी रहेका अल सेबाबका लडाकूहरु भागेका छन् भने अरु कयौँ गाउँले पनि डरले विस्थापित भएका छन् ।

प्रकाशित मिति: १० भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्