विश्वलाई स्तब्ध पार्ने एउटा तस्बिर



सिरिया विगत चारवर्षदेखि गृहयुद्धको चपेटामा फसेको छ। गृहयुद्धले बाल मस्तिकमा कस्तो डर पैदा गर्छ भन्ने कुरा बुझ्न सोसल मिडियामा भाइरल भइरहेको ४ वर्षे बालिकाको तस्विर हेरे पुग्छ ।

उनको नाम हुडिया हो । सिरियाकी एक समान्य ४ वर्षे बालिका । सिरियामा यस्ता अनगिन्ती बालबालिका युद्धको त्रास झेलिरहेका छन् ।

अहिले सोसल मिडिया र इन्टरनेट प्रयोगकर्तालाई स्तब्ध पारिरहेको टर्कीका फोटोग्राफर ओस्मान सगिरलीले यो फोटो खिचेका हुन् ।

गाजापट्टीकी फोटोपत्रकार नादिया अबु शबानले यो तस्वीर गत मंगलबार ट्विट गरेपछि अहिले यो सोशल मिडियामा भाइरल भएको छ ।

नादियाको अकाउन्टबाट मात्रै १५ हजार पटक रि–ट्विट भएको छ। यो तस्वीरलाई देखेर विश्वकै मानिस स्तब्ध भएका छन् ।

सोसल मिडियामा भावुक सन्देश पोष्ट गरेका छन् ।  ‘मेरो आँखामा आँशु नै अडिएन’, ‘विश्वास नै भएको  छैन’, ‘मानवता हारायो’ जस्ता टिप्पणीले सोशल मिडिया छाएको छ ।

यो तस्विर सिरियाको आतेह शरणार्थी शिविरमा खिचिएको हो। यसलाई गत वर्ष डिसेम्बरमा खिचिएको थियो । ‘जब फोटो खिच्न क्यामेरा सोझ्याएँ उनको अनुहार झुक्यो।

माथिका दाँतले तलको ओठ टोक्दै हात माथि उठे। उनले आत्मसमर्पण गरिन्। त्यसपछि केही मौन भइन्। खासमा म उनको प्रशन्न अनुहारको फोटो आउला भन्ने आशमा थिएँ ।

तर बालिकालाई क्यामेरा बन्दुकजस्तो लागेछ अब गोली चल्नेछ भन्ठानेर उनी डराइन र हात उठाइन’, सगिरलीले भने ।

हुदिया टर्कीको सिमानाबाट दश किलोमिटर टाढा शरणार्थी शिविरमा निरास आमा र दुई जना भाई बहिनीसँग बस्दै आएकी छिन् ।

‘युद्धको सिरियाका मानिसमा कस्तो असर परिरहेको छ भन्ने कुरा बालिकाको अवस्थाबाट थाहा हुन्छ,’ उनले भने ।

यो तस्वीर पहिलो पटक जनबरीमा टर्कीको एक पत्रिकामा छापिएको थियो। सो पत्रिकामा सगिरी २५ वर्षदेखि काम आएका छन् ।

त्यो बेला टर्की भाषाका सोसल मिडियामा पनि यसले खुबै चर्चा पाएको थियो। संयुक्त राष्ट्रसंघका अनुसार सिरियामा युद्धका कारण पलायन हुने बालबालिकाको संख्या दश लाख पुगेको छ ।

सिसियामा मार्च २०११ मा युद्धको सुरुवात भएको थियो । २०११ मा राष्ट्रपति असदले सत्ता सम्हालेपछि अहिलेसम्म १७ लाख मानिसले शरणार्थीको रुपमा आफ्नो नाम दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News