कृष्णको हत्या कसरी भयो ? कृष्ण पश्चात पाण्डवको के भयो ?


 


यो एउटा जिज्ञासा र आश्चर्यको विषय नै हो कि भLord Krishna (1)गवान कृष्णले मानव रुप छोडेपछि के भयो? पाण्डवहरु के भए? वास्तविक कहानी के हो?

महाभारतको १८ किताब मध्ये १६औँमा मौसल पर्वको बारेमा उल्लेख गरेको पाइन्छ। यो पर्वको ९ वटा खण्ड छ। कुरुक्षेत्रमा भएको महाभारत युद्दको ३५ वर्ष पश्चात भारत साम्राज्य शान्तिपुर्ण एंव सम्पन्न भएको थियो।

तर कृष्णको जवानी बिस्तारै सकिदै थियो। कथा अनुसार कृष्णको छोरा साम्बा र उसका साथीहरु महिलाको वस्त्र धारण गरेर ऋषि विश्वामित्र, दुर्वासा, वशिष्ट, नारद तथा विभिन्न ऋषिहरुलाइ भेट्दै हिडेका थिए। यी ऋषिहरु द्वारिका आउदै गरेका थिए।

यी सन्त ऋषिहरु प्रति ख्यालठट्टा गर्दै यी जवानहरुले महिलाको भेष धारण गरेर गर्भवति भएको नाटक गर्दै, पेटको बच्चा केटा वा केटी हुन्छ भनि ऋषिहरुलाइ अनुमान गर्न आग्रह गर्दै हिडेका थिए।

ऋषिहरु मध्ये एक ऋषिले यो चालवाजी थाह पाएर यो कार्यको लागि श्राप दिए जसमा साम्बाले फलामको मुसललाइ जन्माउने र  त्यसैले पुरा सन्तति नै विनाश हुने भनि श्राप लाग्यो। यो खबर राजा उग्रसेन भएको ठाँउमा पुग्यो। त्यो मुसललाइ धुलो धुलो बनाइ समुद्रमा बगाउने कुरा उठ्यो।

श्रापको प्रभावका कारण धेरै घटनाहरु घट्न थाले। कृष्णको सुदर्शन चक्र, पञ्चजन्य शंख, कृष्णको रथ तथा बलरामको हलो बिलाएर गए। किरा फट्याङग्रा बढे अनि पाप वढ्न थाल्यो तर कसैले यो बेठिक भयो भन्ने सोचेनन्। पति ले पत्नीलाइ अनि पत्नीले पतिलाइ छल गर्ने घटना बढ्न थाल्यो। सबैले एउटै खालको डरलाग्दो सपना देख्न थाले। आफ्ना गुरुहरु र मान्यजनलाइ सम्मान दिन छोड्दै गए मानिसहरु। अनि कृष्णले तीर्थयात्रामा प्रभास समुन्द्र जानको लागि सल्लाह दिए। मानिसहरु तीर्थयात्रामा निस्किए। तीर्थयात्रा पश्चात फर्केर आउदा ती यादवहरु नाच्दै र रक्सी खाँदै फर्किए।

Lord Krishna (3)

यो विश्वास गरिन्छ कि सात्यकिले रक्सीले मातेर कृतवर्मा भएको ठाँउमा गइ अश्वत्थामासंग मिलेको भन्दै बाकिँ भएका पाण्डव सेनालाइ सुतेकै बेला सिद्धाएका । लडाइको बेला कसले कति गल्ति गरेको कुरामा झगडा गर्दै सात्यकीले कृतवर्मको हत्या गरिदिए। रक्सीले मातलागेर सुरु भएको अर्थहिन आपसी झगडामा कृष्ण, दारुका, भवरु र बलराम मात्र बाच्न सफल भए।

पछि बलराम र भवरु पनि मरे। कृष्णले दारुकालाइ पाण्डव भएको ठाँउमा जान आग्रह गरे र अर्जुनलाइ सहयोगको लागि लिएर आउन भने। जब दारुका अर्जुनलाइ लिन गए तब, पर्वमा कृष्ण कसरी मारिए भन्ने कुराको वर्णन गरिएको छ।

फलामको मुसललाइ धुलो बनाइ जुन समुन्द्रमा फालिएको थियो, त्यहाँको माछाले केही धुलो निल्न पुग्यो। माछाको भित्र उक्त धुलो फलामको टुक्रामा पLord Krishna (2)रिणत भयो र जिरु नामक शिकारीले त्यो माछा समात्यो र उक्त फलामको टुक्रा भेट्यो। जिरुले उक्त फलामलाइ तिखारेर तीर बनायो र शिकार खल्नको लागि हिड्यो। कृष्ण ध्यान गरिरहेको बेलामा हरिण भन्ने सोचेर वाण चलाउदा जिरुद्वारा कृष्णको हत्या भयो। अनि कृष्ण, भगवान विष्णुमा समाहित हुन पुगे। कृष्णको हत्याको बारेको कथा यो बाहेक अन्य पनि चलि नआएको भने हैन्।

ध्यानकै समयमा वासुदेवको पनि मृत्यु भयो। त्यसै बेला अर्जुन सहयोगको लागि पनि आइपुगे। महिला, केटाकेटी तथा वृद्धमात्र बाँकि थिए द्वारिकामा। जसमध्ये १६,००० त कृष्णकै गोपीनी थिए।ती बाँकी भएका सबै जना इन्द्रप्रस्थको लागि हिडे।

जब उनीहरु इन्द्रप्रस्थको लागि हिडे तब पानीको सतह माथी उठ्यो अनि पुरा द्वारीका सहरलाइ चुर्लुम्मै डुबायो। इन्द्रप्रस्थ जादै गरेका मानिसहरुलाइ बाटोमा चोर तथा लुटेराले आक्रमण गरे।

महाभारतको शक्तिशाली पात्र अर्जुनले बचाउन खोज्दा खोज्दै पनि उनको वाणले सहयोग नगर्दा असफल हुन पुगे । त्यस पश्चात अर्जुन दुविधाले भरिए अनि चिन्ता बढ्न थाल्यो उनलाइ। चाडैनै व्यासलाइ भेट्न गए अर्जुन ।

व्यासले पाण्डवको जन्मको सार्थकता पुरा भइसकेको र पाण्डवहरुले धर्ती छोड्नु पर्ने बताए। लगतै आफ्नो दाजु युधिष्ठिरलाइ यो कुरा सुनाउन पुगे अर्जुन। त्यस पश्चात पाण्डवहरुले यो पृथ्वीको जन्मबाट मुक्त हुने निर्णय गरे र कृष्ण नभइ बस्न पनि नसकिने भनि निर्क्यौल निकाले।

प्रकाशित मिति: ११ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्