यस्तो छ वडा नं ६ (हेर्नुहोस् भिडियो सहित)


 


ward no 6काठमाडौ, भदाै १२

बहु चर्चित नेपाली हास्य कलाकारहरू दीपक राज गिरी, दिपा श्री निरौला तथा निर्मल शर्माले निर्माण गरेको नेपाली हास्य चलचित्र वडा नं ६ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यो समाचार पोष्ट गर्दा सम्म चलचित्रको ट्रेलर युट्युबमा झण्डै ७० हजार हाराहारीले हेरिसकेका छन् ।

चलचित्रका अन्य हास्य कलाकारहरुमा राजाराम पौड्याल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई छन् भने नायिका प्रियंका कार्की, अनुरागमान सिंह कुँवर, सन्दिप क्षेत्री, अरुणा कार्की लगायत कलाकारको संवाद सहितको रमाइलो दृश्य समावेश छ । दिपाश्री निरौलाको फिल्ममा विशेष भूमिका रहेपनि उनलाई ट्रेलरमा देखाइएको छैन ।

यो चलचित्रको निर्देशन उज्जव घिमिरेले गरेका छन् । वडा नं ६ आउँदो असोज १ गते बाट प्रदर्शनमा आउँदैछ ।

(भिडियो) । 

प्रकाशित मिति: १२ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्