होली खेल्नेक्रममा छतबाट खसेर बालकको मृत्यु



काठमाडौं, फागुन १८
होली खेल्नेक्रममा पोखरामा आफ्नै दुई तले घरको छतबाट खसेर मा एक बालकको ज्यान गएको छ ।

छतबाट खसेर पोखरा लेखनाथ २ विन्दवासिनीका ११ वर्षीय बालक आविष्कार रेग्मीको ज्यान गएको प्रहरीले जनाएको हो । गण्डकी बोर्डिङ स्कूलमा कक्षा ५ मा अध्ययरत आविस्कार दिदीसंग खेल्दै गरेका बेला छतबाट झरेका थिए ।

टाउकोमा गम्भीर चोट लागेका रेग्मीको पोखरास्थित फिस्टेल हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: १८ फाल्गुन २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्