चिनबाट फाइदा लिन पाकिस्तानी प्रधानमन्त्री अब्बासीले दिए यस्तो सुझाव


 


काठमाडौ‌, फागुन २३
पाकिस्तानका प्रधानमन्त्री साहिद खाकान अब्बासीले चीनको विशेष परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) बाट नेपालले फाइदा लिनुपर्ने बताएका छन् ।

दुईदिने नेपाल भ्रमण सकेर मंगलबार स्वदेश फर्कनुअघि विशेष कुराकानी गर्दै उनले बिआरआईले नेपालका लागि पश्चिम र मध्यएसियामा बजार तथा अवसर खोल्ने बताए। आजको नागरिकमा खबर छ ।

‘बिआरआई एउटा पुस्तौंपुस्ताको परियोजना हो र यसले सोचाइमै परिवर्तन ल्याउनेवाला छ,’ पाकिस्तानी प्रधानमन्त्री अब्बासीले भने, ‘सम्पूर्ण दक्षिण एसिया (सार्क) लाई बिआरआईसँग जोड्नु आवश्यक छ, जसले हाम्रा निम्ति पश्चिम र मध्यएसियामा बजार र अवसर खोल्नेछ । यहाँ धेरै ठूलो सम्भावना छ ।’

बिआरआईले नेपालको चीनसँगको व्यापार फराकिलो बनाउने उनले बताए । प्रविधिले विगतमा उपलब्ध नरहेका धेरै समाधान आज दिएको उल्लेख गर्दै उनले पाकिस्तानले चीनबाट लिएजस्तो फाइदा नेपालले पनि लिन सक्ने बताए।

‘हामीले राजमार्ग बन्न सक्दैन भनी ठानेका ठाउँमा आज निर्माण सम्पन्न गरेका छौं । रेल आउन सक्दैन भनिएका खास ठाउँमा रेल पुगेको छ । हामीले चीनसँग १५ सय किलोमिटर राजमार्गबाट व्यापार गर्छौं । यो बाह्रै महिना खुला छ र व्यापार फस्टाएको छ । नेपालसँग पनि त्यो सम्भावना छ,’ उनले चीनसँग कनेक्टिभिटी बढाउन नेपाललाई सुझाव दिए।

 

प्रकाशित मिति: २३ फाल्गुन २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्