नेपालको ऐतिहासिक जित, एकदिवसीय मान्यता पाउन सफल


 


काठमाडौं, चेत १
नेपालले आज क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ । आज पपुवा न्यूगिनीलाई ६ विकेटले हराएको नेपालले लगतै नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि एकदिवसीय अन्तराष्ट्रिय मान्यता पाउने पक्का भएको हो ।

यो नेपाल क्रिकेटले पाएको अहिलेसम्मकै ऐतिहासिक उपलब्धी हो । नेदरल्याण्डले हङकङलाई पराजित गराएपछि ओडीआई स्टाटस पक्का भएको हो । यदि हङकङले नेदरल्याण्ड्सलाई हराएको भए सातौं स्थानका लागि हुने खेलमा हङकङलाई हराउर्नै पर्नेथियो ।

तर, अब नेदरल्याण्ड्सँग हुने अन्तिम खेलको नजिता जे भएपनि नेपालले चार वर्षका लागि ओडीआई स्टाटस पक्का गरेको छ । साथै अब नेपालले आईकप प्रतियोगिता पनि खेल्नेछ ।

नेपालको एकदिवसिय मान्यता सन् २०२२ सम्म रहनेछ । यो चार वर्षे साइकलमा नेपालले अन्तर महादशीय कप खेल्ने मौका पाउनेछ । जुन चार दिवशीय प्रतियोगिता हो । यसलाइ टेस्ट मान्यता पाउने आधारमा रुपमा पनि हेरिन्छ । यहि प्रतियोगिताबाट अफगानिस्तान र आयरल्याण्डले टेष्ट मान्यता पाएका थिए ।

आइसीसीबाट प्राप्त हुने अनुदान रकममा बृद्धि हुनेछ । जसले नेपाली क्रिकेटको विकाशमा ठुलो अर्थ राख्छ ।

अब नेपालले प्रथम श्रेणीको क्रिकेट खेल्ने अवसर प्राप्त गर्नेछ । यदि दुई देश बीच सहमित भए नेपालले भारत, अस्ट्रेलिया जस्ता वलिया टिमहरु संग पनि खेल्न सक्छ । तर त्यसका लागि क्रिकेट बोर्डले आपसी सहमती गर्नुपर्ने हुन्छ ।

सन् १९९६ देखी अन्तराष्ट्रिय क्रिकेटमा पाइला टेकेको नेपालले डिभिजन पाँच, चार हुदै एकदिवसिय मान्यतासम्मको यात्रा तय गरेको हो । तर यो सफलतालाइ नेपालले कसरी सदुपयोग गर्छ भन्ने प्रश्न भने यथावत छ । किनकी २०१४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलपछि नेपालको क्रिकेटले फड्को मार्ने आंकलन गरिएको थियो ।

प्रकाशित मिति: १ चैत्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्