किन प्रकाउ परे आङकाजी शेर्पा ?


 


काठमाडौं, भदौ १६

aankajiजनजाति महासंघका पूर्व महासचिव आङ्काजी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।  सोसल मिडियामा सामाजिक सद्भाव बिथोलिने पोस्ट गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी अपराध मशाखाले बौद्धबाट उनलाई पक्राउ गरी ल्याएको एसएसपी सर्वेन्द्र खनालले बताए। ‘उहाँको नामको फेसबुक अकाउन्टबाट सामाजिक सद्भाव बिथोल्ने खालका सामग्री सम्प्रेषित भएका छन्। त्यसबारेमा अनुसन्धान गर्न उनलाई नियन्त्रणमा लिएका हौं’, एसएसपी खनालले नागरिकन्युजसँग भने, ‘विस्तृत अध्ययनपछि मात्रै अरु कुरा भन्न सकिन्छ। ‘

प्रकाशित मिति: १६ भाद्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्