एकै परिवारका ४ जना मृत अवस्थामा भेटिए


 


रोल्पा, भदौ १७

रोल्पाको रांक गाविसमा ४ जना मृत अवस्थामा फेला परेका छन्। रांक गाविस वडा नं. ७ स्यालापाखाको जंगलमा एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ।

रांक २ स्थायी ठेगाना भएका आमा करिब ३७ वर्षकी पवित्रा राना, छोरी करिब १४ वर्षिय प्यूमाली राना, करिब १० बर्षका छोरा भीम बहादुर राना र करिब ८ वर्षका गणेश राना मृत अवस्थामा फेला परेका हुन्।

घटना स्थलमा दुइवटा  मेटासिडका सिसी फेला परेको स्थानिय अशोक ओलिले वताएका छन। पाछावाङ प्रहरी चौकिवाट घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको र पुग्न करिव ३ घन्टा लाग्ने जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

हिजो बिहान माइत जान भनी निस्किएकी पवित्रा राना सहित ३ छोराछोरी सम्पर्कमा नभएको जानकारीका आधारमा खोजी गर्दा जंगलको ओडार छेउमा मृत अवस्थामा फेला परेको बताइएको छ। श्रीमान खीम बहादुर राना बेहोस अवस्थामा रहेको र स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्