टिकापुर घटनामा ज्यान गुमाएका प्रहरीका परिवारलाई १०/१० लाख दिने


 


काठमाडौं, भदौ १७

नेपाल प्रहरीले कैलालीको टिकापुरमा ज्यान गुमाएका ६ जना प्रहरीका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति निकालेर घटनामा ज्यान गुमाएका नेपाल प्रहरीका परिवारलाई राहतसँगै उनीहरुका छोराछोरीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था मिलाउने जनाएको हो ।

यस्तै घाइते प्रहरीको निःशुल्क उपचार गर्ने पनि नेपाल प्रहरीले जनाएको छ । घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्षमण न्यौपानेसहित प्रहरी निरीक्षक बलराम विष्ट र केशव बोहरा, प्रहरी हवल्दार श्यामबहादुर खड्का र जनकबहादुर नेगी र प्रहरी जवान लोकेन्द्रबहादुर चन्दको ज्यान गएको थियो ।

प्रकाशित मिति: १७ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्