यी डनलाई अदालतले बोलायो, अब के हुन्छ ?


 


काठमाडौं, भदाै १८Don

विशेष अदालतले हेर्दै आएको पाँच चर्चित डनका सम्पत्ति शुद्धीकरणसम्बन्धी बहुप्रतिक्षित मुद्दा लम्बिएका लम्बियै छन् । छ महिनामा फैसला हुनुपर्ने मुद्दा २८ महिनामा पनि फैसला हुन सकेको छैन ।

सम्पत्ति शुद्धीकरण विभागले कुख्यात डन चक्रे मिलन र पत्नी इन्दिरा घले, दीपक मनाङे र पत्नी पासाङ डोल्मा गुरुङ, पर्शुराम बस्नेत र पत्नी अन्जुसिंह बस्नेत, अभिशेक गिरी र गणेश लामा तथा लामाका पत्नी लक्ष्मी लामा तथा भाइ पाल्साङ लामा, विनोद लामा, राकेश लामालगायतलाई विशेष अदालतमा ५ जेठ ०७० मा मुद्दा दायर गरेको थियो । विशेष अदालत ऐन–०६९ मा भ्रष्टाचार, अनियमितता, नक्कली शैक्षिक प्रमाणपत्र तथा घुस रिसवतसम्बन्धी मुद्दा अदालतमा दर्ता भएको छ महिनाभित्र फैसला गरिसक्नुपर्ने उल्लेख छ ।

२८ महिना लम्बिँदा बल्ल विशेष अदालतले उनीहरुलाई पेशी तोकेको छ । पछिल्लो पेशी चक्रेको मुद्दामा २७ भदौ, मनाङेलाई २० भदौ, बस्नेतलाई १० असोज, गिरीलाई २९ भदौ र गणेश लामाको ३ असोजलाई मिति तोकिएको छ । तैपनि अझै ती मुद्दा टुंगिन्छन् भन्ने केही निश्चित छैन । ‘पहिल्यै हुनुपर्ने हो, विविध कारणले एक २ पटक पेशी हटेको छ, अब सायद फैसला हुनछ होला,’ विशेष अदालतका रजिष्टार भद्रकाली पोखरेलले भने ।

प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्