बन्दकर्तासँगको झडपमा प्रहरी हवल्दारको मृत्यु


 


बर्दिया, भदाै १८

बर्दियाको मैनापोखरमा बन्दकर्तासँगको झडपमा घाइते भएका प्रहरी हवल्दार देवबहादुर पाण्डेको उपचारको लागि नेपालगञ्ज ल्याउने क्रममा मृत्यु भएको छ । बाँके प्रहरी उपरीक्षक बसन्त पन्तले पाण्डेको बाटोमा मृत्यु भएको बताए ।

पन्तका अनुसार पाण्डेलाई धारिलो हतियारले प्रहार गरिएको थियो । झडप भएको स्थानमा अत्याधिक रक्तश्राम भएपछि उनलाई उपचारको लागि नेपालगञ्ज ल्याइदै थियो ।

उनको घूँडामा चोट लागेको यिथो । उनको शव नेपालगञ्ज मेडिकल कलेजमा राखिएको छ । बन्दकर्ताले नियन्त्रणमा लिएको दुईवटा यात्रुबस छुटाउने क्रममा प्रहरी र बन्दकर्ताबीच आज बिहान झडप भएको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बिनोदबहादुर कुँवरले बन्दकर्ताले गोली चलाएको दाबी गरे । थरुहट संयुक्त संघर्ष समिति र मधेसी मोर्चाले आह्वानमा २० दिनदेखि जिल्ला ठप्प छ।

प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्