प्रहरी हबल्दार हत्या आरोपमा तीनजना पक्राउ

बर्दिया, भदाै १८
बर्दियाको मैनापोखरमा प्रहरी हबल्दार देवबहादुर पाण्डेको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले घटना संलग्न भएको आरोपमा मैनापोखर–८ बस्ने नरेश थारु, ५५ बर्षीय राम हरथ थारु र १९ बर्षीय अविनाश थारु पक्राउ परेका हुन्।
उनीहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १८ भाद्र २०७२, शुक्रबार