विश्व दर्शनमा भट्टराई


 


biswo darsanकाठमाडौं, भदाै १९

‘चिनौँ आफूलाई, बुझौँ आ–आफ्ना राष्ट्रलाई र जगाऔँ विश्वलाई’ भन्ने नाराका साथ स्थापित विश्व दर्शन अभियान, नेपालको तेश्रो वार्षिक साधारण सभाले नवराज भट्टराईको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शान्ति खड्का, महासचिवमा नारायणप्रसाद भट्टराई, सचिवमा चन्द्रमणि ढुंगाना, कोषाध्यक्षमा कविता ढुंगाना र सदस्यहरुमा निर्मला पराजुली, शारदा के.सी., यामप्रसाद भट्टराई र भोजकुमारी (शारदा) पौडेल रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै राष्ट्रिय समाचार समितिका वरिष्ठ कार्यकारी सम्पादक तीर्थप्रसाद भट्टराईले पूर्वीय दर्शन तथा सभ्यतालाई विश्वमाझ चिनाउन यस संस्थामार्फत् विश्वयात्रीद्वय नवराज भट्टराई ‘कोऽहम्’ र नारायणप्रसाद भट्टराईले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । नवनिर्वाचित अध्यक्ष एवं विश्वयात्री नवराज भट्टराईले २ वर्षे नेपाल भ्रमणपछि विश्वयात्रालाई व्यवस्थापन गर्न स्थापना भएको बताउँदै आगामी दिनमा संस्थालाई अझ सशक्त ढंगले अगाडि बढाउने प्रतिबद्धता जनाए ।

darsan bमहासचिव एवं अर्का विश्वयात्री नारायणप्रसाद भट्टराईले नेपालका ७५ जिल्ला, भारतका सबै राज्य, भुटान र म्यानमार यात्रा गरिसकेको जानकारी दिदै हालसम्म भ्रमण गरिएका मुलुको पुस्तक वृत्तचित्र सार्वजनिक गरेर यात्रालाई थप अगाडि बढाउने जानकारी दिए ।

नवनिर्वाचित कार्यसमितिलाई योगी दीपक नेपाल, योगिनी जमुना पौड्याल, योग शिक्षक शिवराज घिमिरे, भोजपुरे एकता समाज, काठमाडौंका उपाध्यक्ष राजकुमार राई लगायतले संस्थाको थप प्रगतिका लागि शुभकामना दिएका थिए ।

प्रकाशित मिति: १९ भाद्र २०७२, शनिबार

प्रतिक्रिया दिनुहोस्