विराट गोल्डकपको उपाधि भिडन्त आज


 


विराटनगर, २६ चैत । चिरप्रतिद्धन्द्धी विभागिय टिम त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि सोमबार प्रतिष्पर्धा हुँदैछ ।

फ्लड लाइटमा भइरहेको डे–नाइट प्रतियोगिताको पाँचौ संस्करणको उपाधि रक्षाका लागि स्थानीय सहिद रंगशालामा दुबै टिम आम्नेसाम्ने हुन लागेका हुन् । आर्मी सिजनमा आठौं उपाधि कब्जा गर्ने रणनीतिका साथमा मैदानमा आउँदैछ भने थ्रीस्टार आर्मीलाई रोकेर उपाधि संख्या पाँच पुर्याउने दाउमा छ । झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै आर्मी गत शुक्रबार फाइनल प्रवेश गरेको हो । संकटालाई शनिबार ४–० को फराकिलो गोल अन्तरले निराश बनाउँदै थ्रीस्टारले विराट गोल्डकपको अन्तिम प्रतिष्पर्धाका लागि आर्मीसंगको भेट पक्का गरेको हो । प्रतियोगितामा विजेता टिमले १२ लाख ७१ हजार र उपविजेताले पाँच लाख ५१ हजार रुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन् ।

प्रकाशित मिति: २६ चैत्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्