उर्लाबारीमा कुष्ठरोग निवारण अभियान


 


उर्लाबारी (मोरङ), ३० चैत । सरकारको सन् २०२० भित्रै मुलुकलाई क्षयरोग तथा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न मोरङको उर्लाबारीमा पनि कुष्ठरोग निवारण अभियान कार्यक्रम संचालन गरिएको छ ।

नगरका ९ वटै वडामा कुष्ठरोग निवारण कार्यक्रम संचालन गरिएको हो । उर्लाबारी नगरपालिकाको आयोजनामा नगरमा कुष्ठरोगका बारेमा जनचेतना फैलाउँदै यसको औषधी सेवन गर्न उत्प्रेरणा जगाउने अभियान संचालन गरिने भएको हो । नगरपालिकाको स्वास्थ्य शाखाले शुक्रवार नगरका सञ्चारकर्मीहरुसँग अन्र्तक्रिया गर्दै कुष्ठरोग निवारण अभियानका बारेमा जानकारी दिएको हो ।

उर्लाबारीमा अहिले ६ जना कुष्ठरोगी रहेको नगरपालिका स्वास्थ्य शाखा सहसंयोजक रेणुकाप्रसाद काफ्लेले जानकारी दिनुभयो । अन्र्तक्रिया कार्यक्रममा मंगलबारे अस्पताल उर्लाबारीका डा. धनबहादुर श्रेष्ठले यो किसिमका बिरामी पत्ता लगाउन समस्या भएको र बिरामी खुलेर स्वास्थ्य संस्थासमक्ष नआउनु पनि मुख्य समस्याका रुपमा रहेको बताउनुभयो । उहाँले कुष्ठरोगले छाला, हातखुट्टा र आँखामा स्थायी क्षति पुर्याउन सक्ने भएकोले यसको लक्षण देखिने बित्तिकै उपचार गराईहाल्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: ३० चैत्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्