क्रसर उद्योगमा आगजनी


 


१ वैशाख, काठमाडौं ।कांग्रेस नेता कुनसाङ लामाको क्रसर उद्योगमा आगजनी भएको छ , काभ्रेको नमोबुद्ध नगरपालिका ६ मा रहेको लामाको क्रसर उद्योग ब्लु साइन स्टोनमा  समूहले आगजनी गरेको छ । उक्त क्रसर  उद्योगमा विप्लव समूहले आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

आगजनीबाट चारवटा ट्रिपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त भएको छ । आगजनीबाट करोडौंको क्षति भएको अनुमान गरिएको छ ।

येस्तै आज वीपी राजमार्गको चौकीडाँडा नजिकै पनि ३ वटा प्रेसकुकर बम  भेटिएका छन् । बम निष्कृय पार्न नेपाली सेनाको टोली त्यस ठाउँमा पुगेको छ ।

 

 

 

 

प्रकाशित मिति: १ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्