मृत्यु अघि यी नाबालिकाले यस्तो इच्छा, जसले धेरैकाे अाँखा रसाउँछ


 


एजेन्सी, भदाै २१vabya

भाव्याको उपचार थुप्रै अस्पतालमा गरियो तर कुनै फरक आएन् । अन्ततः टाइफाइडका कारण शुक्रबार भाव्याको मृत्यु भयो । पत्रकारहरुसँग कुराकानी गर्दै बालिकाका पिता सांईनाथ वाडेकरले भाव्यालाई टाइफाइड भएको भएको बताए ।

उपचारका लागि उनलाई भवन अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्यमा केही सुधार आएपछि दुई दिन पहिला बुधबार उनलाई अस्पतालले छुट्टी दिएको थियो ।

एक दिन बेलुका अचानक भाव्याको स्वास्थ्य अवस्था विग्रियो । त्यसपछि दोस्रो पटक जब भाव्यालाई उपचारका लागि अस्पताल लगियो ।
उपचारका लागि अस्पताल जाँदै गर्दा बाटोमा उनले आफ्ना बुवालाई भनेकी थिईन-‘बाबा यदि म यो संसारमा रहिन भने मेरा आँखा दान गरिदिनु ।’

उनले आफ्ना बाबुलाई आफ्नो यो सपना अनिवार्य पूरा गर्न आग्रह गरिन् । बावु वाडेकरले छोरीको कुरा सुनेर आँसु थाम्न सकेनन् । र छोरीलाई अंगालो हाल्दै त्यस्तो कुरा नगर भन्दै सम्झाए ।

वाडेकरका अनुसार भाव्यालाई जब अस्पतालमा लगेर उपचार थालियो तब डाक्टरले धेरै कोशिश गरे तर, उनलाई बचाउन सकिएन् । वाडेकरलाई छोरीको मृत्यु खबर डाक्टरले सुनाएपछि उनले तुरुन्त उनको आँखा कुनै अन्धो मान्छेलाई दान गर्ने फैसला गरे ।

भाव्याको आँखा अब दुई जना अन्धा मानिसलाई दिने तयारी अस्पतालले गरेको छ । सोमबार भाव्याका आँखा दुई जनालाई दान गर्न अप्रेशन गरिँदैछ । मरेर पनि अब भाव्याले आफ्ना आँखाबाट संसार देख्न पाउनेछिन् ।

प्रकाशित मिति: २१ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्