उदयपुरमा पहिलोपटक विभिन्न लागूऔषधमा फसेका युवाहरुको लागी त्रियुगा पुनःस्थापना केन्द्र सुरु हुदै 


 


उदयपुर,बैशाख ८

उदयपुरमा पहिलोपटक विभिन्न लागूऔषधमा फसेका युवाहरुको लागी त्रियुगा पुनःस्थापना केन्द्रले आफ्नो सस्था दर्ता गरेर सुधार केन्द्र को भबन बनाउने  काम समेत सुरु  भई रहेको छ।

पुर्बी नेपाल को उदयपुर जिल्ला को गाईघाट,कटारी,बेल्टार प्रदेश नम्बर १ को लागूऔषधमा फस्ने युवा हरु मा धरान र विराटनगर पछी धेरै चर्चामा आईरहने जिल्ला हो,सप्तरी र सिरहा सग सिमा जोडीएको भएको र सडक बाटो समेत जही तेही बाट भयका कारणपनि युवाहरूविभिन्नलागुऔषधमा फसेका र अरु पनि धेरै १६ बर्ष  देखी ३० सम्म का युवाहरु रहेको छन । 

गयको २ बर्ष लाई हेर्दा प्रहरी ले लगभग ठूलाठूला लागुऔषध ओसार पसार र प्रयोग गर्ने लाई अहिले र यस अगाडि का प्रहरी प्रमुख ले गरी लगभग एक सय ८२ जनालाई विभिन्न लागुऔषध मा  उदयपुर प्रहरी ले पक्राउ गरी ७१ जना मुद्धा मार्फत कोई काराघार चलान त कसैलाई प्रशासन ले धरौटी र कति लाई तारेखमा छोडेर  कार्वहि गरिदै आएको आएको प्रहरी उपरिक्षक नबराज भट्टले जानकारी दिए ।उदयपुर जिल्लाको प्रवेशद्वारको रुपमा रहेको त्रियुगा नगरपालिकाको वडा नं– ६ लालपत्ताबाट प्रहरीले धेरैमात्र मा लागुऔषध बरामद गरेको देखीएको  छ।

 जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टका अनुसार बरामद भएको लागुऔषधहरु धेरै परिणाम मा पक्राउ हुने गरेको कारणले पनि यो  जील्लामा  यसमा ठूलो गिरोह नै सक्रिय भएर लागिरहेको देखिएको छ । पक्राउ पर्नेहरुमाअवैध लागुऔषध डाईजेल्याव, फेनरागन,नुर्फीन,का एम्पुल र खाली सिरेन्ज र नाईट्रोसन गोटी का साथै गाजा पक्राउ पर्ने गरेका छन।

पक्राउ पर्नेहरुमा त्रियुगा नगरपालिकाका तथा आसपास का देखि लियर भारत सम्मका युवा हरु छन ।लागूऔषध को लागी मात्र पनि सादा पोशाकमा खटिएको प्र.स.नि. सहित ३ जनाको टोली समेत तयार  गरेर काम गरेको प्रहरी ले बतायको छ,यो समस्याको को लागी भनेर नगर पालिका देखि सामुदायिक प्रहरी ले समेत र संगम पुस्तकालय ले समेत जनचेतना कार्यक्रम गर्दै काम गरीरहदा पनि सेबनकर्ता घट्नुको साटो झन् बददै गयको समस्या देखीन्छ। तसर्थ ?

यसै कुरालाई अभियान को रुप मा  चलाउने र कुलतमा फसेका युवाहरूलाई सकारात्मक बाटोमा हिडाउन र उनी हरु को जिबन रुपान्तरण गर्न का साथै आफुले पायको अनुभब का साथै धेरै को जिबन सफल बनाउन र लागूऔषधमा परेका लाई  सही बाटो देखाउने र पुर्ने जिबन दिनका लागी उदयपुर जिल्ला का युवा तथा त्रियुगा पुनःस्थापना केन्द्रका अध्यक्ष हेमन्त कुमार बस्नेत ले सबै युवा तथा लागुऔषध प्रयोगकर्ताउचीत तथा भरपर्दो उपचार गराउने उदेश्य राखेर गैर नाफामुखी केन्द्रको सुरुवात गरेका छन्,  अध्यक्ष हेमन्त कुमार बस्नेत लेअाफ्नाे निजी लगानीमा झण्डै तिस लाख बराबरको रकम खर्च गरेर  दुई कठ्ठा क्षेत्रफलमा भबन निर्माणको कामको  सुरुवात गर्नुभएको छ ।

 

 

उहाको अनुसार लागुऔषध प्रयोगकर्ता को औषधी  भनेको उनीहरुको मनोबैज्ञानिक पुनः स्थापना केन्द्र मा लगेर उपचार गर्नु नै सबै भन्दा सरल उपाय भयको बस्नेत ले बताय.उनले भने धेरै युवा युवती उदयपुरमापनि लागुऔषध प्रयोगकर्ता भयको र उनीहरुको उपचार गर्न आएमा लत बाट छुटकरा पाउने र लागुऔषध प्रयोगकर्ता ले पनि नया जिबन पाउने हुनाले आफुले नाफाको भन्दाफरक तरीकाले सामाजिक कार्य समेत गर्ने उदेश्य राखेर सबै उदयपुर बासी को बिग्रिएको घरपरिवार र समाज को समेत हितमा रहेको काम गर्दा आफूलाई पनि हौसला मिलेको र यो सामाजिक कार्य र  सबैको साझा सस्था भयकाले सबैले आ आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन सम्पूर्ण उदयपुर बासी लाई समेत आग्रह गर्नु भयो,साथै उहालाई सबै ले साथ सहयोग गर्नको लागी उदयपुर प्रहरी प्रमुख ,प्रसासनप्रमुख,लगायत अरु सघ सस्था ले समेत उहालाई सहयोग गर्ने प्रतिबद्धता प्रकट गर्नु भयो।

 

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्