रासस भवनको निरीक्षण



विराटनगर, बैशाख ८
प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोले विराटनगरस्थित राष्ट्रिय समाचार समितिको कार्यालय भवनको निरीक्षण गर्नुभएको छ ।

मन्त्री आङबोले सरकारी सञ्चारमाध्यम, राष्ट्रिय समाचार समितिको क्षेत्रीय कार्यालय भवनको स्थलगत निरीक्षण अनुगमन गर्नुभएको हो । राष्ट्रिय समाचार समितिका बोर्ड सदस्य दयाराम दाहाल र समितिका क्षेत्रीय प्रमुख प्रभाषचन्द्र झाले मन्त्री आङबोलाई कार्यालयको अवस्थाको बिषयमा जानकारी गराउनुभएको थियो । निरीक्षण पछि मन्त्री आङबोले भवन पुर्णतया जीर्ण भएकाले मर्मत गराउनुको साटो नयाँ भवन निर्माण गर्न आवश्यक रहेको धारणा राख्नुभयो । २०३५ सालमा ३ कट्ठा जग्गामा निर्माण गरिएको सो भवन हाल जीर्ण अवस्थामा छ ।

प्रकाशित मिति: ८ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्