खोटाङमा नदीमा डुबेर एक जना वेपत्ता
खोटाङ, बैशाख ९
खोटाङमा पौडी खेल्ने क्रममा एक जना युवा वेपत्ता भएका छन् ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ बस्ने १७ वर्षीय दयन राई सुनकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका छन् ।
प्रहरीले उनको खोजतलास गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यसैबीच मोरङको ग्रामथान गाँउपालिका–३ सिध्राहा डङटोली स्थित जुरी खोला तर्ने क्रममा शनिबार कटहरी गाउँपालिका–७ बस्ने ६५ वर्षीय भिमबहादुर माझीको खोलामा लड्न गई पानीमा डुबेर मृत्यु भएको छ ।
प्रकाशित मिति: ९ बैशाख २०७५, आइतबार
















