बस र ट्रक एक अापसमा जुझ्दा एकको मृत्यु, १९ घाइते



चितवन ११ वैशाख

नारायणगढ—मुग्लिन सडकखण्डअन्तर्गत स्याउली बजारमा आज बिहान बस र ट्रक एकापसमा जुझ्दा एक जनाको मृत्यु भएको छ । दुर्ङटनामा परेर १९ जना घाइते भएका छन् ।

विहान ६ बजे भएको इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ को ट्रक इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा दुर्घटनामा हुँदा बसका सहचालक मकवानपुर धियाल–९ बस्ने वर्ष ४४ का चन्द्रबहादुर तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये पाँचजनाको चितवन मेडिकल कलेज र अन्यको कलेज अफ मेडिकल साइन्सेज, शिक्षण अस्पताल, भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसले अगाडिको गाडीलाई उछिन्ने क्रममा सो दुर्घटना भएको जनाइएको छ।

प्रकाशित मिति: ११ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्