भोजपुरमा बाँसको घाँस काट्दा लडेर एक जनाको मृत्यु



भोजपुर, बैशाख १४
बिहिबार साँझ भोजपुरमा बाँसको झाङबाट लडेर एक जनाको ज्यान गएको छ ।

यहाँको अरुण गाउँपालिका ३ विजयबासका ७२ बषिय रत्नबहादुर भुजेलको ज्यान गएको प्रहरीले जनाएको छ ।

हिजो साँझ घर नजिकै रहेको बाँसको घाँस काट्ने क्रममा भुजेल लडेका थिए ।

करिब ३५ मिटर लडेर झरेका भुजेलको स्थानीय प्राथमिक चौकीमा उपचारका लागि लाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित मिति: १४ बैशाख २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्