विदेशबाट पठाएको पैसा महिलाबाट लुटियो



कञ्चनपुर, वैशाख २१

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीबजार नजिक बिहीबार एकजना महिलासँग रहेको रकम मोटरसाइकल सवार तीनजना लुटेराले लुटेर लगेका छन् ।

विदेशबाट पठाएको पैसा झलारी बजारमा रहेको आइएमइबाट झिकेर जाँदै गरेका बेला लालझाडी गाउँपालिका–३, देखतभूलीकी संगीता पार्कीको झोलासहितको रकम मोटरसाइकलमा सवार तीनजनाले खोसेर लगेका हुन् ।

इलाका प्रहरी कार्यालय झलारीका अनुसार लुटेराले महिलाका आफन्तले विदेशबाट पठाएको रु ६० हजार ८३ रकमसहितको झोला लुटेर लगेका छन् ।

लुटेराको पहिचानका लागि प्रहरीले आइएमइ सेन्टरमा रहेको सिसीटिभीका फुटेज हेर्ने कार्यसँगै लुटेरा भागेको सम्भावित क्षेत्रमा खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News