बसको छतबाट खसेर खलासीको मृत्यु



गौशाला, वैशाख २४

महोत्तरी जिल्लाको बर्दिबास जलेश्वर सडकखण्डमा आइतबार साँझ बसको छतबाट खसेर एक खलासीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बसका खलासी जिल्लाको एकडारा गाउँपालिकाको बहेडा बस्ने ४० वर्षीय श्याम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

ना४ख ५६४७ नम्बरको यात्रुबाहक बस आइतबार साँझ बर्दिबासबाट जलेश्वर जाने क्रममा औरही नगरपालिका–८ टिम्किया गाउँमा बसको छतमा सामान हालेर तल झर्ने क्रममा खलासी मण्डल बसको छतबाट सडकमा लडेकोमा उनको मृत्यु भएको प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

बसको छतबाट लडेर गम्भीर घाइते भएका खलासी मण्डललाई उपचारको लागि तत्कालै अञ्चल अस्पताल जनकपुरमा लैजाँदै गरेको अवस्थामा बेलुका करीब ७ बजेतिर बाटैमा उनको मृत्यु भएको थियो ।

बस इलाका प्रहरी कार्यालय रामगोपालपुरको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News