घाँस काट्दा हात छिनियो 




झापा, वैशाख २५
घाँस काट्ने क्रममा सोमबार बाह्रदर्शी गाउँपालिका–५ कट्टडाँगीका १७ वर्षीय सद्दाम हुुसेनको बायाँ हात काटिएको छ ।

सोही स्थानका दिनेश थापाको गाई फार्ममा मेशिनमा घाँस काट्ने क्रममा हुसेनको बायाँ हातको कुहिनादेखिको तलको भाग काटिएको प्रहरीले जनाएको छ । हुसेनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति: २५ बैशाख २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्