मुटु तथा फोक्सो परिक्षण शिविर


 


मोरङ, वैशाख २९
पल्मोनरी हाईपरटेन्सन एशोसिएसन नेपाल उर्लाबारीको आयोजना तथा लायन्स क्लब अफ पथरीको सह–आयोजनामा एक दिवसिय मुटु तथा फोक्सो परिक्षण शिविर शनिवार संम्पन्न भएको छ ।

आयोजक संस्थाका अध्यक्ष संम्झना खनालको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोका प्रमुख आतिथ्यतामा भएको सो शिविरमा मुटु तथा फोक्सो रोगका बिशेषज्ञ डा. शंकर अधिकारी र डा. सिपी यादवले ३ सय जनाको मुटु र फोक्सोका रोगीको चेकजाच“ गरेका थिए । सो कार्यक्रममा सो एशोसिएसनका संंस्थापक संरक्षक डा.चुडामणी खनाल र डा.अधिकारीले पल्मोनरी हाईपेरटेन्शन दिर्घ रोग भएकोले रोकथाम र सावधानी अपनाउनु पर्ने बताउनु भएको छ ।

शिविरमा उर्लाबारी, पथरी, टाडी र आसपासका क्षेत्रबाट मुटु तथा फोक्सो परिक्षणका लागि आएका सहआयोजक पथरी लायन्स क्लब अफ पथरीका अध्यक्ष तुलसीप्रसाद ढकालले बताएका छन ।

प्रकाशित मिति: २९ बैशाख २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्