सुर्याेदय यातायातलाई लक्षित गर्दै बम बिष्फोट
झापा, बैशाख ३०
झापाको मेचीनगर नगरपालिका –७ स्थित प्रनिक पेट्रोल पम्प नजिकै आज बिहान बम विष्फोट भएको छ । पेट्रोल पम्प नजिकै ग्यारेजमा पार्किङ गरी राखेको सुर्याेदय यातायातको मे १ ख २७३३ र मे १ ख २७२६ नम्बरको यात्रुवाहक बसमा लक्षित गरी अज्ञात समुहले विष्फोटन गराएको हो ।
बिहान ३ बजेतिर ग्यारेजमा विष्फोटको आवाज सुनेपछि स्थानीयले इलाका प्रहरी कार्यालय काकडभिट्टामा जानकारी गराउनासाथ प्रहरी नायव उपरीक्षकको टोलीले अनुसन्धान शुरु गरिएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार
















