आगलागीबाट एक घरमा क्षति
तेह्रथुम, बैशाख ३०
तेह्रथुमको फेदाप गाउँपालिका–५ ईसिबु बस्ने धनबहादुर लिम्बुको घरमा आज बिहान आगलागी भएको छ ।विहान ७ बजेतिर खाना पकाउने क्रममा लागेको आगोले उहाँको फुसको छानो भएको २ तले घर तथा घरमा रहेको सम्पुर्ण सामान र गाईगोठ समेत जल्दा अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको छ ।
आगोलाई प्रहरी र स्थानियबासीको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी चौकी सम्दुले जनाएको छ ।
प्रकाशित मिति: ३० बैशाख २०७५, आइतबार
















