बम विस्फोट १० को मृत्यु, ५० बढी घाइते


 


bam bisfotएजेन्सी, भदौ २८

पाकिस्तानको पञ्जाव प्रान्तको मुल्तान शहरमा भएको विस्फोटमा कम्तीमा दश जनाको मृत्यु भएको छ । मुल्तानको एक सार्वजनिक बसपार्कमा गएराती भएको विस्फोटबाट अन्य ५९ जना घाइते भएका  छन् ।

स्थानीय प्रहरी अधिकारीका अनुसार एउटा मोटरसाइकलमा ल्याइएको बम  रिक्सामा ठोक्काएर विष्फोट गराइएको थियो । घटनास्थलमा ठूलो खाडल बनेको छ । विस्फोटको जिम्मेवारी अहिलेसम्म कसैले पनि लिएको छैन ।

प्रकाशित मिति: २८ भाद्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्