पथरी चोक व्यवस्थित गर्ने निर्णय



मोरङ, बैशाख ३१
मोरङको पथरीशनिश्चरे नगरको प्रमुख वजारका रुपमा रहेको पथरी वजार पूर्वपश्चिम मुख्य सडक क्षेत्रलाई व्यवस्थित गर्ने नगरपालिकाले निर्णय गरेको छ ।

नगर कार्यपालिकाको आजको बैठकले ३ दिन लगाएर चोकको मध्यभागबाट दुवैतर्फ ८२,८२ फिट सडकको क्षेत्र खाली गरिसकेको सो सडक क्षेत्रको व्यवस्थापनमा प्राविधिक स्टिमेट गरेर योजना वनाइने निर्णय भएको प्रवक्ता यामप्रसाद गुरागाईंले वताउनु भयो । तत्कालका लागि खाल्डाखुल्डी भएको ठाउँ पुर्ने र सम्याउने काम हुने भएको उहाँले उल्लेख गर्नुभयो ।

वैठकले, नगरको निकै महत्वपूर्ण परियोजनाका रुपमा सञ्चालनमा रहेको ढल निकासका लागि नगरपालिकाले वडा नम्वर ७ मा थप जग्गा व्यवस्थापन गर्न समिति निर्माण गरेको छ । जसको संयोजकमा ६ नम्वर वडाध्यक्ष जयवहादुर तामाङ तथा सदस्यहरुमा २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, ४ नम्वर अध्यक्ष गोविन्दवहादुर भण्डारी, कार्यपालिका सदस्य गीता विश्वकर्मा र ७ नम्वर सदस्य मैनाकुमारी राई लिम्वू रहनु भएको छ ।

नयाँ आर्थिक वर्षका लागि अझ प्रभावकारी नीति, कार्यक्रम तथा वजेट निर्माण गर्ने सन्दर्भसँग जोडेर जेठ ७ गते विज्ञहरुसँगको अन्तरक्रियात्मक छलफल गर्ने निर्णय समेत भएको छ । अर्काे वैठक जेठ ३ गते वस्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News