किसानमुखी नीति ल्याइने



विराटनगर, १ जेठ
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले यस क्षेत्रको कृषि उत्पादन वृद्धि र खाद्यान्नमा आत्मनिर्भर बन्न सरकारले किसानमुखी नीति ल्याउने बताउनुभएको छ ।

ताप्लेजुङ उद्योग वाणिज्य संघ र सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)द्वारा सोमबार यहाँ आयोजित ‘कृषि मूल्य शृङ्खला विकास, अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा उहाँले सरकार कृषिसम्बन्धी योजना अघि बढाउने क्रममा रहेको जानकारी दिनुभयो ।

उद्योग वाणिज्य संघ ताप्लेजुङका सचिव भीष्मराज बरालले कृषकले राम्रो परिमाणमा अलैची उत्पादन गरे पनि उचित व्यस्थापन हुन नसक्दा समस्या देखिएको जानकारी दिनुभयो । कार्यक्रमका सहभागीले विद्यालयमा अलैँचीसम्बन्धी पाठ्यक्रम बनाएर दक्ष जनशक्ति उत्पादनु गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News