चन्दा संकलन गर्दै हिड्ने पाँच जना पक्राउ
सुनसरी,जेठ १
सुनसरीको धरान उपमहानगरपालिका – १५ सदन चोकमा चन्दा संकलन गर्दै हिडेका पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–६ बस्ने ५२ वर्षिय काजीराम राई, धरान–६ बस्ने ४५ वर्षिय नरेन्द्र थुलुङ्ग, धरान– १० बस्ने ३५ वर्षिय दिलु राई, धरान–१३ बस्ने ६१ वर्षिय प्रेमकुमार लिम्बु, धरान–१७ बस्ने ३५ वर्षिया रमा राई रहेका छन् ।
स्थानीय व्यक्तिहरुलाई कोशीपारी खेतीयोग्य जमीन उपलब्ध गराई दिने भन्दै चन्दा उठाएको आरोपमा उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षकको टोलीले गएराती पक्राउ गरेको हो । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार
















