उर्लाबारीमा युवा संघको सरसफाई
उर्लाबारी, जेठ १
युवा संघ नेपालको २८ औं स्थापनाको अवसरमा मोरङको उर्लाबारी–४ स्थित बक्राहा घाटमा सरसफाई गरिएको छ । आज युवा संघ नेपाल उर्लाबारी नगरसमितिको आयोजनामा बक्राहा घाटमा सरसफाई गर्दै ब्यवस्थित बनाइएको हो ।
युवा संघका केन्द्रीय सदस्य रविन थापाको प्रमुख आतिथ्यतामा भएको उक्त सरसफाई कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य मानबहादुर श्रेष्ठ, जिल्ला सदस्य एबं उर्लाबारी संयोजक अग्नि भट्टराई, जिल्ला सदस्य मीना पौडेल, पुष्प ढकाल, पूर्व सहसचिब विद्या चाम्लिङ, उर्लाबारी नगर सचिब गंगा बास्तोला लगायत एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रनिकट युवा संगठन वाइसीएल नेपाल उर्लाबारी नगर समितिको पनि सहयोग रहेको वाइसीएलका नगरअध्यक्ष राजिव लिम्बूले जानकारी दिनुभयो । युवा संघ नेपाल उर्लाबारी नगरसंयोजक निर्मला गौतमको सभापतित्व एबं सह–संयोजक भीष्म बुढाथोकीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । बुढाथोकीका अनुसार निरन्तर रुपमा युवा संघले बक्राहा घाट सरसफाई अभियान सञ्चालन गर्नेेछ ।
प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार
















