दुर्घटनामा एकको मृत्यु



इनरुवा, जेठ १
सुनसरीको इटहरी उपमहानगरपालिका–१३ खनारस्थित आज मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय मोटरसाइकल चालक ४० वर्षीय श्याम सरदार रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

को १० प १०८३ नंको मोटरसाइकलमा गइरहेका बेला अनियन्त्रित भई दुर्घटना हुँदा चालक सरदारको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: १ जेष्ठ २०७५, मंगलबार

प्रतिक्रिया दिनुहोस्