हिमाल आरोहणका क्रममा गाइडको मृत्यु



सोलुखुम्बु, जेठ १
मकालु हिमाल आरोहणका क्रममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुदूधकुण्ड नगरपालिका–८ केरुङका आङ दावा शेर्पा रहेको छ । आरोहणको क्रममा उनलाई लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार शेर्पाको आज बिहान २ बजेतिर लेक लागेर मृत्यु भएको हो । उनी चिनियाँ ग्रुप लिएर संखुवासभा जिल्लामा पर्ने मकालु हिमाल आरोणमा गएका थिए ।

शेर्पाको शव आज नै हेलिकप्टरमार्फत तेञ्जिङ हिलारी विमानस्थल लुक्ला हुँदै काठमाडाँै लगी शवपरीक्षणका लागि शिक्षण अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News