यस्तो अवस्थामा भेटिएको थियो मदन भण्डारी र जीवराज आश्रित चढेको दुर्घटनाग्रस्त कार (फोटो-फिचर)


 


काठमाडौं, जेठ ३
आज एमालेका तत्कालिन महासचिव तथा जननेता मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २५ औं स्मृति दिवस । आज भन्दा २५ बर्ष अगाडि अर्थात २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा नेताद्धयको मृत्यु भएको थियो ।

उक्त रहस्यमयी घटना यतिका समयसम्म पनि रहस्यकै गर्भमा छ । नेताद्धय दुर्घटनमा परेको बा.अ.च. ८७९३ नम्बरको कार यतिबेला पूर्वि नेपालको मोरङ , उर्लाबारी-३ स्थित मदन भण्डारी संग्राहलयमा राखिएको छ ।

यस्तो अवस्थामा भेटिएको थियो मदन भण्डारी र जीवराज आश्रित चढेको दुर्घटनाग्रस्त कार 

यो कार २०५० जेठ ३ गते दुर्घटनाग्रस्त भएको हो । जेठ ४ गते क्रेनको सहायताले कार निकालेर प्राविधिक जाँच गराउँदा फोरह्विल गिएर न्युट्रलमा थियो । ब्रेक, ठिक थियो । फुट ब्रेक, क्लज, एक्सिलेटर, ब्रेक आइल, चारवटै चक्का, स्टेरिङ र टाइरड ठिक थिए ।

गाडीको साँचो थिएन । तर, स्विच अन थियो । स्टेरिङ लक भएको थियो । मेन गिएर एक नम्बरमा थियो । टन्समिसन गिएर न्युट्रलमा थियो । ह्वाण्ड ब्रेक बिग्रिएको थियो । गाडीमा पार्किङ ब्रेक थिएन । बडी कुच्चिएर बाँया लर्किएको थियो । ज्याक लाइटको सिसा चर्किएको थियो । साइड लाइट पुरै फुटेको विवरण प्राविधिक जाँचबाट प्राप्त भएको थियो ।

प्रकाशित मिति: ३ जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्