कर्मचारी सरुवा गरिएपनि जान अटेर



संखुवासभा, जेठ ९
जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाका कर्मचारी सरुवा गरिए पनि खटाएका स्थानमा जान अटेर गरेका छन् ।  सरुवा गरेको कर्मचारी जान अटेर गर्दै जिल्ला अस्पताल, खाँदबारीमा काजमा काम गर्दै आएका छन् ।

स्वास्थ्य विभागबाट डेढ वर्ष अघि नै सरुवा पत्र आएपनि उनीहरु खटाएका ठाउँमा गएका छैनन् । अहिले पनि स्वास्थ्य कार्यालयका छजना कर्मचारी सरुवा गरिएका स्थानमा नगएर जिल्ला अस्पतालमा काजमा काम गरिरहेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार याफू स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट विक्रम भुसाल, चैनपुर प्राथमिक स्वास्थ्य केन्द्रमा अनमी सुनिता घिमिरे, स्याबुन स्वास्थ्य चौकीमा अनमी सरस्वती शाह, माल्टा स्वास्थ्य चौकीमा अनमी रेनुका सुनाम, मनकामना स्वास्थ्य चौकीमा श्रेया घिमिरे र धुपू स्वास्थ्य चौकीमा राधिका कोइराला सरुवा भएका थिए । तर उनीहरु अहिलेसम्म सरुवा गरिएका स्वास्थ्य केन्द्र गएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2021 Deshko News