महासेठ साँच्चिकै महासेठ, मन्त्रीहरुमा सर्वाधिक धनी (विवरणसहित)


 


काठमाडौं, जेठ १०
सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ मन्त्रीहरुभन्दा सबैभन्दा बढी धनी देखिएका छन् ।

ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गा रहेको महासेठले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको विवरण सार्वजनिक गरेका छन् । साढे २ तलाको घर तथा धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ ।

ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना र जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा जग्गा छ ।

सगोलमा धनुषाको दिगम्बरपुरमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ । श्रीमतीकै नाममा पनि धनुषामा साढे २ तलाको पक्की घर छ ।

श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी गरेका छन् । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् ।

प्रधानमन्त्रीसंग केपी शर्मा ओलीसंग दुई वर्षमा ओलीको स्वआर्जन ४१ लाख, थोत्रो साइकल देखाउने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा, गृहमन्त्री रामबहादुर थापासंग सम्पत्तिमा दुईवटा कुकुर पनि एक कुकुर, एक कुकुर्नी छ ।

त्यो पनि छिमेकीबाट प्राप्त रहेको देखाएका छन् । मातृका यादवसँग पनि राजधानीमा करोडको जग्गा र १६ तोला सुन देखाएका छन् । सुनमा धनी सबैभन्दा बढी पर्यटन मन्त्री रबिन्द्र अधिकारी छन् । उनले ६० तोला सुन रहेको देखाएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्