नेकपाका दुवै अध्यक्षद्वारा भ्रष्टाचार नगरी काम गर्न निर्देशन


 


काठमाण्डौ, जेठ १०
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पहिलो बैठक आज सम्पन्न भएको छ। प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा पार्टीका दुवै अध्यक्षले पार्टी सुदृढीकरणका लागि निर्देशन दिनुभएको छ ।

नेकपाका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई आआफ्नो जिम्मेवारी तोकिएका क्षेत्रमा काम गर्न पनि अध्यक्षद्वयले निर्देशन दिनुभएको छ। सामाजिक न्यायसहितको समृद्धिका लागि सरकारलाई सहयोग गर्न केन्द्रीय सदस्यहरूलाई अध्यक्षद्वयले निर्देशन दिनुभयोु, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भन्नुभयो ।

तीनै तहमा भ्रष्टाचार नगरी काम गर्न र भ्रष्टाचार भएको पाएमा कारवाही गर्न पनि निर्देशन दिनुभभएको प्रबक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले आजको बैठक अनौपचारिक भएको र दल दर्ताका लागि केन्द्रीय सदस्यहरूको हस्ताक्षर र नागरिकताको प्रतिलिपि संकलन गरिएको बताउनुभयो।

प्रकाशित मिति: १० जेष्ठ २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्