८.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प


 


cheeliएजेन्सी काठमाडौं, भदौ ३१

चिलीमा बिहीबार बिहान शक्तिशाली भूकम्प गएको छ। भूकम्पका कारण राजधानी सेनटियागोमा पनि ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्यान्टियागो भन्दा करिब २४६ किलोमिटर टाढा उत्तर पश्चिम तटीय इलाकामा केन्द्रविन्दु बनाएर आएको ८.३ रेक्टर स्केलको भूकम्पले ठूलो क्षति गरेको समाचारमा उल्लेख गरिएको छ। भूकम्पबाट पुगेको क्षतिको पूर्ण विवरण ‍आइसकेको छैन ।

भूकम्पपछि सुनामीको चेतावनीसमेत दिइएको छ । समाचार एजेन्सी रोयर्टसले चिलीको आपतकालीन विभागलाई उदृत गर्दै जनधनको क्षतिको विवरण नआइसकेको जनाएको छ ।

अमेरिकी अधिकारीहरुका अनुसार भूकम्पको झट्का स्थानीय समयअनुसार ७.४५ बजे महसुस गरिएको थियो।

प्रकाशित मिति: ३१ भाद्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्